बाल्यकालमा न्यूड रुचाउँथिईन् कारा


Cara-Ladहलिउड मोडल कारा डेलेविंगनेले आफु सानो उमेरमा हुँदा न्यूड हुन मनपराउने गरेको खुलासा गरेकी छन् । २२ वर्षीया मोडलले सानो उमेरमा फेसन बारे केही जानकारी नहुँदा न्यूड हुने गरेको खुलाएकी हुन् ।

‘जब म सानो थिएँ, त्यो बेला फेसनमा ध्यान दिन्न थिएँ, त्यो बेला म विना कपडा बस्न मनपराउँथे,’ उनले भनेकी छन्, ‘मानिसहरु निकै सानदार तरिकाले लुगा लगाउँछन्, मलाई चाहिँ चार्ली च्याप्लिनको स्टाइल निकै मनपर्छ ।’

काराको नाम हैरी स्टाइल्ससँग जोडिएको थियो । यी मोडलले आफ्नो करियरसँग अरु मानिस डराउने भएकाले पनि आफुसँग आकर्षित हुन नसकेको दाबी गरेकी छन् । मोडलिङ र अभिनयका अलावा कारा संगीतमा पनि आफ्नो करियर बनाउन चाहन्छिन् । तर उनलाई गायनमा आउने हतारो अहिले छैन । ‘म बाँकी जीवनमा संगीतमा काम गर्न चाहन्छु, जुन काम गर्न निकै समय लाग्नेछ ।’ उनले भनेकी छन् ।

SUBSCRIBE 👉