पाइलटसँग सुमिनाले कसिन लगन गाँठो


Sumina Ghimire

तस्वीर सौजन्य: उत्सव रसाइली

काठमाडौं । झण्डै दुई दर्जन फिल्ममा आफ्नो अभिनय कला देखाएर केही समय अघि फिल्म क्षेत्र त्याग्ने घोषणा गरेकी अभिनेत्री सुमिना घिमिरेले सोमबार पाइलट रोशन सापकोटासँग लगनगाँठो कसेकी छन् । विवाद र चर्चामा रहिरहने सुमिनाले काभ्रे निवासी रोशनसँग राजधानीको नयाँवानेश्वरस्थित इन्द्रेणी व्याङ्क्वेटमा विवाह गरेकी हुन् ।

फिल्ममा अभिनय गरेर छोटो समयमा चर्चामा आए पनि उनले आफ्नो विवाहमा अत्यन्त कम मात्र फिल्मकर्मी र सञ्चारकर्मीलाई बोलाएकी थिईन् । पत्रकारसँगको झगडादेखि उनले अभिनय गरेका केही फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएपछि उनी चर्चामा आएकी थिईन् ।
Sumina Ghimireसुमिनाले फिल्म ‘छविलाल कञ्जुस छैन’ बाट अभिनयमा डेब्यु गरे पनि प्रदर्शनको हिसाबले उनको पहिलो फिल्म ‘दुलही’ हो । उनले ‘अप्रिल फूल,’ ‘नाइन ओ क्लक’, ‘लभ फरेभर’, ‘स्टार’ जस्ता एडल्ट सर्टिफिकेट प्राप्त फिल्ममा गरेकी छन् । उनको विवाहमा निर्देशक ज्ञानेन्द्र देउजा, नायक मुकेश आचार्य र उनकी नायिका पत्नी कल्पना शाहीलगायतको उपस्थिति रहेको थियो ।
Sumina Ghimireसुमिना अभिनित फिल्म ‘भीमदत्त’ हाल प्रदर्शन भईरहेको छ भने अर्को फिल्म ‘माला’ प्रदर्शनको तयारीमा छ ।

Sumina Ghimire

SUBSCRIBE 👉