साइकलमा राजेशले चिनाए काठमाडौं


Rajesh Payal Raiकाठमाडौं । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’को ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक भएको छ । युवापुस्ता लक्षित गीतमा भर्सटायल गायक राजेशपायल राईको स्वर र अभिनय रहेको छ भने गीतमा राजेन्द्रको संगीत र प्रकाश बज्राचार्यको रचना छ । फिल्म आगामी चैत्र २० बाट अल नेपाल रिलिज हुँदैछ ।

शिव घिमिरेले निर्देशन गरेको फिल्ममा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहमताबिचको द्वन्द्वात्मक कथा प्रस्तुत गरिएको छ । टप इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापा पनि निर्माता रहेका छन् भने धनुका राई ‘धरा’ सह निर्माता छिन् । फिल्ममा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठले अभिनय गरेका छन् भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई विशेष भूमिका प्रस्तुत छन् ।
Rajesh Payal Raiफिल्ममा लेखन निर्देशक घिमिरेकै रहेको छ प्रकाश बज्राचार्य, शंकर अधिकारी घायलको गीत, निर्माता राजेन्द्र श्रेष्ठको संगीत, कविराज गहतराजको नृत्य, प्रदिप खड्काको द्वन्द्व, नविन निरौलाको सम्पादन र निरज कँडेलको छायांकन रहेको छ ।

SUBSCRIBE 👉