प्रदीपको जन्मदिनमा अधकट्टी रिलिज


Adhakatti Movieकाठमाडौं । चर्चित फिल्म निर्माता प्रदीप उदयले आफ्नो जन्मदिनको मौका पारेर फिल्म ‘अधकट्टी’ आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज गर्ने भएका छन् । सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ ।

फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गजित विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ ।

सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ। फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।

फिल्मका गीतहरु ‘फिगर कोकाकोला’ र ‘ओए’ ले बजारमा राम्रो चर्चा पाईरहेको छ ।

SUBSCRIBE 👉