मोटी नायिका पाउन युवाको लर्को


Bhumi-Actressहालैका दिनमा फिल्म ‘दम लगा के हईशा’की मोटी अभिनेत्री भूमि पेडनेकर निकै चर्चामा आएकी छन् । आफ्नो अभिनयका कारण दर्शकको मन जित्न सफल उनी जति खुशी छिन् त्यति नै तनाव उनको परिवारलाई अहिले परेको छ ।

यो फिल्ममा अभिनय गरेपछि उनीसित विवाह गर्न चाहने युवकहरुको घरमा लाइन लाग्ने गरेको समाचार सार्वजनिक भएको छ । उनको आफन्तदेखि साथीभाईसम्म उनका लागि विवाहको प्रस्ताव लिएर आउन थालेका छन् । जसले गर्दा परिवारमा केही तनाव बढेको छ ।

भूमिले यो कुरा थाहा पाए पछि उनी निकै हाँसेको सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्ममा उनको मोटो शरीरकै कारण फिल्मका अभिनेता आयुस्मान खुराना उनीसँग विवाह गर्न चाहदैनन् । यसैकारण उनको वास्तविक जीवनमा उनीसँग विवाह गर्न चाहनेको संख्या बढेको हुनसक्ने अनुमान गरिएको छ ।

SUBSCRIBE 👉