म्युजिक भिडियो तथा फिल्ममा इच्छा नभएकी मोडल अञ्जली केसी


भारतको नयाँ दिल्लीमा जन्मिएर कक्षा १० सम्म उतै पढेकी अञ्जली केसी यतिबेला काठमाडौंमा मोडलिङ गरिरहेकी छिन्। बुवाको जागिरका क्रममा परिवार नै भारतमा बसोबास गरिरहेका बेला उनी उतै जन्मिएकी थिइन्। कलेज अध्ययनका लागि काठमाडौं आएपछि अञ्जलीलाई साथीहरूले मोडलिङमा सक्रिय हुन हौस्याए। ५ फिट ५ इन्च अग्लो कदका कारण उनलाई पनि मोडलिङमा जमिन्छ जस्तो लाग्यो। पहिलो प्रयासमै मिस काठमाडौंको ताज पहिरिएपछि मोडलिङमा उनको व्यस्तता बढ्यो। दुई दर्जनभन्दा बढी फेसन शोमा क्याटवाक गरिसकेकी अञ्जली आज पनि र्‍याम्प शो क्याटवाक गर्दा रमाइलो लाग्ने बताउँछिन्।

Anjali KC Kantipur Saptahikस्नातक तह उत्तीर्ण अञ्जलीको स्वभाव आम युवतीभन्दा फरक छ। अञ्जलीलाई फेसबुक चलाउन मन लाग्दैन त्यसैले उनले फेसबुकमा एकाउन्ट नै खोलेकी छैनन्। ‘मलाई घुमघाम गर्न मन लाग्छ, कुराकानी क्रममा पुख्र्यौली थलो बुटबल जाने तयारी गरिरहेकी अञ्जली भन्दै थिइन्-‘नेपाल धेरै सुन्दर छ। धेरै घुम्ने ठाउँ पुग्नै बाँकी छ।’ क्याजुअल वेयरकी पारखी अञ्जलीलाई म्युजिक भिडियो तथा चलचित्रबाट अभिनयका लागि प्रस्ताव आइरहेका छन् तर उनलाई यी दुई विधामा काम गर्नेे रहर छैन। ‘मलाई सामाजिक कार्यमा रुचि छ, अञ्जली भन्छिन्-‘नेपालको कुनै सुदूर ग्रामीण क्षेत्रमा पुगेर त्यहाँका मानिसहरूलाई सहयोग गर्न सकें भने मलाई आनन्द लाग्छ।’
– कृष्ण भट्टराई / कान्तिपुर साप्ताहिक | – तस्बिर: सञ्जय रौनियार

साप्ताहिकमा प्रकाशित हट मोडलहरुको हट तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉