निर्मातासँग झरनाले गरिन विवाह


काठमाडौं । अभिनेत्री झरना बज्राचार्यले दोस्रो विवाह गरेकी छन् । उनले फिल्म ‘सेफ ल्याण्डिङ’का निर्माता तथा व्यावसायी राहुल अग्रवालसँग लगनगाँठो कसेकी हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । झरना पूर्व मिस नेपाल पनि हुन् ।
Jharana Bajracharyaमलेसियामा व्यापार गर्दै आएका राहुलसँग झरनाले गत बिहीबार परिवार तथा आफन्तमाझ विवाह गरेकी हुन् । फिल्म ‘सेफ ल्याण्डिङ’को बेला भेट भएको उनीहरु त्यही बेला प्रेममा परेका थिए । केही समय अघि अष्ट्रेलियामा आयोजित फिल्मको प्रिमियर शोमा आफ्नो प्रेमको रहस्य झरनाले खोलेकी थिईन् ।

भारतीय मूलका राहुल मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । जोमसोममा हनिमुन मनाउने योजनामा रहेको जोडी अहिले पोखरामा छन् ।

SUBSCRIBE 👉