एलियन पछि जड्याहा बन्दै आमिर


Amir-Khanफिल्म ‘पीके’मा एलियन बनेका बलिउड अभिनेता आमिर खान अब दर्शकमाझ जड्याहाको भूमिकामा प्रस्तुत हुने भएका छन्। उनी आफैले बनाउन लागेको फिल्मको नाम भने खुलाईएको छैन, जसमा उनी जड्याहाको भूमिकामा देखिँदैछन् ।

फिल्म ‘पीके’ पछि अब एक वर्षसम्म दर्शकले आमिरलाई पर्दामा देख्न पाउने छैनन् । उनी हाल फिल्म ‘दंगल’को सुटिङमा व्यस्त छन् जुन आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ । यो फिल्मको काम नसकिँदै आमिरले नयाँ फिल्म निर्माण गर्ने मनस्थिति बनाईसकेका छन् ।

उनको नयाँ फिल्ममा एउटा युवतीको कहानी हुनेछ । जो एक डिभोर्स भईसकेको जड्याहा मानिसको मद्धतले आफ्नो आमालाई बाबुको अत्याचारबाट बचाउँछिन् । जस अनुसार जड्याहाको भूमिकामा आमिर छन् । यो विषयमा आमिरले केही बताएका छैनन् ।

SUBSCRIBE 👉