जेठ १ मा चंखे शंखे पंखे को भिडन्त


काठमाडौं । औषत नेपाली फिल्मको लागत भन्दा निकै बढी बजेटमा निर्माण भएको फिल्म ‘चंखे शंखे पंखे’को रिलिज मिति फाईनल भएको छ । फिल्म आगामी जेठ १ गते रिलिज हुनेछ ।

Chankhe Movieयही मितिमा बलिउडका अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘बम्बे भेलबेट’ पनि रिलिज हँुदैछ । सुदर्शन थापाले निर्देशन र अभिनय गरेको फिल्मको पहिलो प्रिमियर सो अप्रिल १७ तारिखका दिन बहराईनमा हुनेछ भने स्याङजामा पनि च्यारिटी शो गर्ने निर्माण पक्षले जनाएको छ ।

निर्माता सन्तोष सेनका अनुसार कमेडीसँगै राष्ट्रियताको विषयलाई पनि फिल्मले उठान गरेकाले च्यारिटी शो गर्न लागिएको बताए । फिल्ममा सुर्दशनसहित सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी र पुजा शर्माको अभिनय रहेको छ ।

SUBSCRIBE 👉