साधारण युवतीसँग विवाह गर्दै शाहिद


बलिउड अभिनेता शाहिद कपुरका महिला प्रशंसकलाई एउटा दुःखद खबर छ । उनी यसै वर्षको डिसेम्बर महिना दिल्लीकी एक साधारण युवतीसँग विवाह गर्दैछन् । उनीहरुले गत जनवरीमा मकर संक्रान्तिको मौका पारेर इन्गेजमेन्ट गरेका थिए । युवतीको नाम मिरा राजपूत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मीरा दिल्लीको लेडी श्रीराम कलेजमा अंग्रेजी विषयको तेस्रो वर्षकी विद्यार्थी हुन् । उनीहरुको पहिलो भेट एक धार्मिक समूह राधा स्वामी सत्संघ व्यासमा भएको थियो । साहिद र उनका पिता पंकज यस समूहको अनुयायी हुन् ।

समाचार अनुसार पंकज केही दिन अघि मीराको परिवारसँग भेटघाट गर्न दिल्लीको छतरपुरको घर पुगेका थिए । शाहिदले केही समय अघि आफु फिल्म क्षेत्रभन्दा बाहिरको युवतीसँग विवाह गर्न चाहेको खुलाएका थिए ।

SUBSCRIBE 👉