कलेज डिभाको ट्यालेन्ट शो


College Divaकाठमाडौं । रिबन इन्टरटेनमेन्ट प्रालिले विभिन्न कलेजमा अध्ययनरत किशोरीहरुबिच आगामी बिहीबार राजधानीमा आयोजना गर्न लागेको सौन्दर्य तथा प्रतिभात्मक प्रतियोगिता ‘कलेज डिभा अफ द इयर २०१५’ अन्र्तगतको मिस ट्यालेन्टका लागि ट्यालेन्ट शो सम्पन्न गरेको छ । प्रतियोगिताअन्तर्गत मिस ट्यालेन्ट चयन गर्न आयोजित ट्यालेन्ट शोमा स्पर्धी किशोरीहरुले आधुनिक, लोक र सांस्कृतिक नृत्य तथा उद्घोषण, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए ।

ट्यालेन्ट राउन्डमा फिल्म निर्देशक सुमन दाहाल, अभिनेताद्वय सुमन सिंह, मुकेश ढकाल, अभिनेत्री मेलिना मानन्धर र पत्रकार सरोज प्याकुरेल निर्णायक थिए । निर्णायकहरुले दिएको अंकका आधारमा फाइनल प्रतियोगितामा मिस ट्यालेन्ट घोषणा गरिने रिबन इन्टरटेनमेन्टका कार्यकारी निर्देशक निशु झाले बताए ।
College Divaगत वर्ष नेपाल्स फेश अफ द इयर, नेपाल्स चिल्ड्रेन अफ द इयर र नेपाल्स मिस टीन अफ द इयरजस्ता विभिन्न उमेर समूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरिसकेको सो कम्पनीले आगामी चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर गर्न लागेको हो । प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले स्पर्धा गर्दैछन् । प्रतियोगिताको कोरियोग्राफी अश्वीनी झाले गरिरहेका छन् ।

SUBSCRIBE 👉