जोलीले फ्यालिन गर्भाशय


Angelina-Jolieवर्ष अघि क्यान्सरको डरले स्तनको अपरेसन गरेकी हलिउड अभिनेत्रीले यसपटक यसै बिरामीको कारण आफ्नो गर्भाशय अपरेशन गरेर फ्याकेकी छन् ।

गत सोमबार एक अंग्रेजी पत्रिकामा प्रकाशित उनको लेख ‘एञ्जलिना जोली पिटः डायरी अफ ए सर्जरी’मा अभिनेत्रीले आफुले अण्डाशय पनि फ्यालेको खुलाएकी हुन् । आफ्ना र धर्मसन्तान गरी ६ छोराछोरीकी आमा जोली गर्भाशय निकाले पश्चात अब उनी सन्तान जन्माउन असक्षम हुनेछिन् ।

जोलीका अनुसार उनलाई ब्रेष्ट क्यान्सर हुने सम्भावना ८७ प्रतिशत र गर्भाशय क्यान्सरको सम्भावना ५० प्रतिशत थियो । उनको आमाको निधन पनि गर्भाशय क्यान्सरकै कारण भएको थियो । वंशाणुगत समस्या हुने कारणले नै आफुले गर्भाशय फ्याकेको उनको भनाई छ ।

गर्भाशय र फैलोपियन ट्युब्स निकाल्नका लागि लामो समयदेखि सोचमग्न रहे पनि दुई हप्ता अघि चिकित्सकले उनलाई चाँडै शल्यक्रिया गर्न सुझाव दिएको पनि खुलाएकी छन् ।

SUBSCRIBE 👉