लाटीको ‘यो मायाको रीत यस्तै’ रिलिज


Lati Movieकाठमाडौं । नेपाली मौलिक कथा उठान गरेको फिल्म ‘लाटी’को अफिसियल गीत रिलिज गरिएको छ । निर्माता प्रशन्न रिमालको जन्मदिन पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर गायक शिव परियारको छ भने शब्द दयाराम दाहालको तथा संगीत आयुष बिसीको छ ।

नारीप्रधान फिल्मको निर्देशक राजबहादुर साने हुन् भने प्रसन्नसँगै शिशिरजय खरेल र त्रिलोचन सैजुको पनि लगानी छ । सृजना फिल्मस्को व्यानरमा बनेको फिल्ममा सबिना कार्की, सुजल नेपालसँगै रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलको अभिनय छ । सुजल पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार हुन् । फिल्मका छाँयाकार पदमराज श्रेष्ठ हुन् ।

आउँदो जेठ १ मा रिलिज हुने भनिएको यो फिल्म जेठ १५ मा रिलिज हुने भएको छ । फिल्मको पोष्टको काम सकिएर पब्लिसिटीमा जानको लागि पर्याप्त समय नपुग्ने देखिएपछि फिल्मको रिलिज सारिएको निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉