चंखे शंखे पंखेमा मल्टीकप्टर


Chankhe Pankhe Sankheकाठमाडौं । महंगो प्रविधि प्रयोग गरेर फिल्म निर्देशन गर्न रुचाउने युवा निर्देशक सुदर्शन थापाले पछिल्लो फिल्म ‘चंखे शंखे पंखे’को एक दृश्य कैदका लागि क्यामरा जडीत महंगो प्रविधि मल्टीकप्टरको प्रयोग गरेका छन् । २० सेकेण्डको दृश्यका लागि सुर्दशनले मल्टीकप्टरको प्रयोग गरेर दिनभरीमा दृश्य कैद गरेका हुन् ।

दुई भन्दा बढी पखेटा प्रयोग गरी बनाइएको मल्टीकप्टर वा हेलिकप्टरबाट लिईने सर्टलाई फिल्मी भाषामा गिम्बल सर्ट भनिन्छ । ‘हामीले लामो समय कुरेर यो सर्ट खिचेका हौ किन कि यस फिल्ममा कहि पनि कम्प्रमाईज भन्ने शब्द छैन् ।’ निर्देशक सुदर्शनले भने । फिल्म आउँदो जेठ १ गते रिलिज हुँदैछ ।
Chankhe Sankheमंहगो खर्चका साथ शनिबार उनको टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि फिल्मको सुटिङ सकिएको छ । एक करोड बढी बजेटमा निर्माण गरिएको फिल्मले यसै हप्तादेखि औपचारिक रुपमा फिल्मको प्रचारप्रसार शुरु गर्ने निर्माता सन्तोष सेनले जनाएका छन् । उनले फिल्मको पब्लिसिटी बजेट ३० लाख हुने दाबी गरे । ‘हामी बलिउडको शैलीमा प्रचारप्रसार गर्ने सोचसहित अघि बढेका छौं त्यसैले राम्रो फिल्म बनाएकाले प्रचारप्रसारमा कम्प्रमाईज नगरौ भनेर यो निर्णय गरिएको हो ।’ सेनको भनाई छ ।

SUBSCRIBE 👉