एल्बम निकाल्दै आलिया


Alia-Bhattaबलिउडका नायिकाहरु आफ्नो अभिनय कलासँगै गायन कलालाई पनि अगाडि लिएर जान थालेका छन् । प्रियंका चोपडा पछि अब यो सूचीमा सुन्दरी नायिका आलिया भट्ट पनि परेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हाल २२ वर्ष उमेरमा हिड्दै गरेकी आलियाले अबको तीन वर्षमा एल्बम निकाल्ने योजना बनाएकी छन् ।

आलिया हाल अभिषेक चौबेको फिल्म ‘उड्ता पञ्जाब’मा व्यस्त छिन् भने उनले साहिद कपुरसँगको फिल्म ‘सान्दार’को काम सकिसकेकी छन् । उनी निर्देशक होमी अड्जानियाको अर्को प्रोजेक्टमा सुशान्त सिंह राजपुतसँग रोमान्स गर्दैछिन् । यसैकारणले पनि उनले तुरुन्तै एल्बम निकाल्ने योजना तीन वर्षलाई पछाडि सारेकी छन् ।

SUBSCRIBE 👉