अन्ततः छुट्टिने भए कल्की अनुराग


बलिउड निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्की कोइचिन अब सदाका लागि छुट्टिने भएका छन् । कल्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै डिभोर्सका लागि अदालतमा निवेदन दिईसकेको खुलासा गरेकी हुन् ।

Kalki-Anurag‘अहिले म राम्रो र खुला स्थानमा छु, गत वर्ष मेरो जीवन संघर्षपूर्ण थियो, म कहाँ जाँदैछु भन्नेसम्म मलाई थाहा थिएन,’उनले भनेकी छन्, ‘तर अहिले हामीले आ–आफ्नो बाटो रोजिसकेका छौं, हामीले धेरै अगाडि नै डिभोर्सका लागि निवेदन दिईसकेका थियौं र यसको फैसला पनि चाँडै हुँदैछ ।

अनुराग र कल्की सन् २००९ मा फिल्म ‘देव डी’को सुटिङताका प्रेममा परि दुई वर्षपछिको अप्रिलमा वैवाहिक जीवनमा बाँधिएका थिए । आउने महिना उनीहरु विवाहको चौथो वार्षिकोत्सव मनाउने तयारीमा थिए ।

स्रोतका अनुसार सन् २०१३ मा अनुरागको नाम ‘ग्याङ्स अफ वासेपुर’की अभिनेत्री हुमा कुरेसीसँग जोडिएपछि कल्की र अनुरागको सम्बन्धमा चिसोपन शुरु भएको थियो । कल्कीसँग विवाह गर्नु अघि अनुरागले फिल्म सम्पादक आरती बजाजसँग डिभोर्स गरेका थिए ।

SUBSCRIBE 👉