अग्नीपीडितलाई डिट्ठा साबको दश हजार सहयोग


Ditha Sabकाठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी सिरियल ‘डिट्ठा साब’ले प्रसारणको सय भाग पुगेको अवसर पारेर ताप्लेजुङ जिल्लाको तोक्मे डाँडाका अग्नीपीडितलाई १० हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा सिरियलका लेखक तथा निर्देशक किशोर भण्डारीले नयाँपत्रिकाका पत्रकार लक्ष्मण सुवेदीमार्फत पीडित समक्ष रकम पु¥याउँन सहयोग गरेका हुन् । ‘हामीले धेरै रकम दिन नसकेपनि थोरै भए पनि हाम्रो तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको छ,’भण्डारीले भने,‘आगामी दिनमा विशेष कार्यक्रम गर्ने खर्च सिधैं पीडितको हातमा पुग्ने किसिमले सहयोग गर्नेछौं ।’

सिरियलका प्रमुख कलाकार भण्डारीले अबदेखि प्रसारण हुने सिरियलमा आफु नेपाली सेनाको रिटायर्ड लप्टनको भूमिकामा अभिनय गर्ने जानकारी दिए । ‘मैले गरेको नेवारी भूमिकामा धेरैजनाले आलोचना गरे, त्यसकारण अबको श्रृंखलामा मैले आफ्नो भूमिका परिवर्तन गरेको छु ।’ उनले भने ।
Ditha Sabकार्यक्रममा सिरियलका बाल कलाकार लक्की भण्डारीले सय भागको उपलक्ष्यमा तयार पारिएको केक काटेका थिए । किशोरले आगामी दिनमा दर्शकलाई सिरियलमा नयाँ स्वाद दिनका लागि नौलो किसिमका कथालाई प्रस्तुत गर्ने बताए । कार्यक्रममा सिरियलका कलाकारहरु रश्मी तिम्सिना ‘बुनु मैचा’, रमेश कमेडी, आर्यन ढकाल, करण क्रेजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉