चंखे शंखे पंखेको इन्डक्ल्यापमा प्रेमगीत र मीराको घोषणा


काठमाडौं । पब्लिसिटी खर्चसहित करिब डेढ करोड रुपैंयाँमा निर्माण गरिएको फिल्म ‘चंखे शंखे पंखे’ ले इन्डक्ल्यापसँगै अफिसियल पहिलो ट्रेलर पनि सार्वजनिक गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रममा ट्रेलरसँगै दुई नयाँ फिल्मको घोषणा पनि गरिएको छ ।
IMG_0163आशुसेन फिल्म प्रोडक्सनको व्यानरमा सन्तोष सेनको निर्माण र सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर कमेडीसँगै राष्ट्रप्रेमको कुरालाई पनि उठान गरेको छ । आगामी जेठ १ गते रिलिज हुने फिल्ममा सुदर्शनसँगै पुजा शर्मा, प्रेम पुरी, सुवास थापा, प्रमोद अग्रहरी, नन्दिता केसी, रविन्द्र खड्कालगायतको अभिनय रहेको छ । कार्यक्रममा सन्तोषले आफ्नै लगानीमा दुई फिल्म ‘प्रेमगीत’ र ‘मीरा’ निर्माणको घोषणा गरे । ‘प्रेमगीत’को निर्देशन सुदर्शनले गर्नेछन् नायिकामा पुजा शर्मा नै हुनेछिन् ।
IMG_0173एक करोडको लगानीमा निर्माण हुने फिल्ममा नायक फाइनल गरिएको छैन । यो फिल्म पूर्ण लभस्टोरी फ्लेबरको हुनेछ भने सुटिङ साउनबाट शुरु हुनेछ । त्यस्तै अर्को फिल्म ‘मीरा’को निर्देशन चाहिँ सुरेन्द्र पौडेलले गर्नेछन् । जसमा सुदर्शन कार्यकारी निर्माता र सन्तोष तथा पुजा निर्माता हुनेछन् । निर्देशक पौडेलका अनुसार फिल्म पूर्णतया नारी एक्सनप्रदान हुनेछ ।

SUBSCRIBE 👉