बन्दले सर्यो साइकल


काठमाडौं । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित तथा शिव घिमिरेद्वारा निर्देशित फिल्म साइकलको रिलिज मिति सरेको छ । आज शुक्रबारबाट देशभर रिलिजमा ल्याइने तयारी गरिएको फिल्मको व्यापार आगामी साताको २४ देखि २६ गतेसम्मको बन्दका कारण प्रभावित हुने देखिएपछि हाललाई रिलिज स्थगित गर्नु परेको संगीतकार तथा निर्माता श्रेष्ठले बताए । कुल दुई गीत रहेको फिल्मको एउटा मेलोडियस गीत हालै युट्युबबाट सार्वजनिक गरिएको छ ।

Cycle Movieफिल्ममा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहमताबिचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। टप इन्टरटेनमेन्टको व्यानरमा संगीतकार राजेन्द्र श्रेष्ठका साथमा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापाद्वारा निर्मित फिल्ममा सह–निर्मात्री धनुका राई रहेकी छिन् । बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठ स्टारर फिल्ममा विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई केमियो भूमिकामा छ ।

फिल्मका वितरक गोपाल कायस्थका अनुसार यो फिल्म अर्को अनुकुल मिति पारेर रिलिज गरिनेछ । फिल्म आगामी वैशाखमा फिल्म रिलिज हुने सम्भावना रहेको उनले बताए । फिल्ममा लेखन निर्देशक घिमिरेकै रहेको छ भने गीत प्रकाश बज्राचार्य, शंकर अधिकारी घायल, संगीत निर्माता राजेन्द्र श्रेष्ठ, नृत्य कविराज गहतराज, द्वन्द्व प्रदिप खड्का, छायांकन निरज कंँडेल र सम्पादन नविन निरौलाको रहेको छ ।

SUBSCRIBE 👉