जन्मभूमिको ट्रेलर सार्वजनिक


काठमाडौं । लोकतन्त्र दिवसको अवसर पारेर आगामी वैशाख ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘जन्मभूमि’को टे«लर सार्वजनिक भएको छ । ट्रेलरमा राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक मोहन निरौला हुन् ।
Anu Shahफिल्ममा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको अभिनय रहेको छ । फिल्ममा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गिरी रहेका छन् ।

फिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा अम्बिका गिरीको प्रस्तुति र सुरज गिरीको लगानी रहेको छ । निरौलाले यस अघि ‘पुकार’ र २०५२ सालमा पनि ‘जन्मभूमि’ को निर्देशन गरेका थिए ।

SUBSCRIBE 👉