‘षड्ङग’ले पनि जोगाएन सौगातको साख !


सौगात मल्लको करिअर साँच्चिकै धरमरमा छ। यसअर्थमा की ‘लुट’ पछि रिलिज भएका झण्डै एक दर्जन फिल्म व्यावसायिक रुपमा असफल भएका छन्। घाटाको व्यापार त छदछै, ‘लुट’को हाकु कालेको छापलाई अझ मेटन सकेका छैनन्। आज पनि उनको परिचय हाकु कालेमै सिमित छ। एकै चरित्रबाट चिनिरहनु जतिको पीडा एउटा कलाकारको लागि अरु के हुनसक्ला ? झन् सौगात परे, थिएटर पृष्ठभूमिका। त्यसैले यो पीडा उनी झन् धेरै पिल्सिएको हुनुपर्छ। उसो त उनले हरेक फिल्ममा फरक भूमिकामा देखिने प्रयास गरेका पनि होइनन्, तर अझ पासा पल्टिएको छैन। हाकु कालेपछि उनको कुनै चरित्र ‘मार्क’ नभएको तीतो-यर्थाथ हो। उनको पछिल्लो फिल्म ‘षड्ङग’को पनि यही हालत दोहोरिएको छ। न फिल्म हिट, न सौगातको चरित्र नै।
saugat mallaसुरज सुनुवार निर्देशित ‘षड्ङग’मा सौगात मधेसी मुलका कालु यादवको भूमिकामा देखिएका थिए, जो ग्याङस्टार हुन्छ। पोलिटिकल-थि्रलर जनराको यो फिल्मको मुख्य आकर्षण उनी नै थिए। उनका गरमागर्मी संवादले भरिएको ट्रेलर निकै रुचाइएको थियो। तर ट्रेलरले कमाएको साख फिल्मले बचाउन सकेन। अनि फिल्मको असफलतासँगै सौगातको साख पनि गिरेको छ। अर्थात ‘फ्लप फिल्मका हिट हिरो’को ट्यागले उनलाई अझ सताउने छ। पुर्परोमा नभएपछि कस्को के लाग्दोरहेछ र, कि कसो सौगात जी ?

SUBSCRIBE 👉