साउनमा शोभितको जाऊँ हिँड पोखरा


काठमाडौं । फिल्म निर्देशनमा मेसिनका रुपमा चिनिँदै आएका निर्देशक शोभित बस्नेतको फिल्म ‘जाऊ हिड पोखरा’को फष्टलुक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर निर्देशक बस्नेतले पोष्टर सार्वजनिक गरिएको बताएका छन् ।
Jau Hida Pokharaपोस्टरमा नायिका रेखा थापालाई एक्सन अवतारमा देखाइएको छ । निर्देशक बस्नेतका अनुसार फिल्मको ट्रेलर पनि चाँडै सार्वजनिक गरिनेछ ।

सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्माता राम गौतम हुन भने कार्यकारी निर्माता गणेश ढकाल हुन । फिल्ममा जीवन लुइटेल ,नायिका रेखा थापा ,सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत अभिनय रहेको छ ।

फिल्ममा राजेन्द खड्गीको द्वन्द्व, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन, अमित श्रेष्ठ अर्जुन पोखरेल बसन्त सापकोटाको संगीत रहेको छ । फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

SUBSCRIBE 👉