मोहन निरौलाको “जन्मभूमि” को प्रदर्शन मिति सर्यो


काठमाडौं । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जन्मभूमि’ वैशाख ११ बाट एक हप्ता धकेलिदै बैशाख १८ मा मात्र प्रदर्शनमा आउने भएको छ । प्राबिधिक कार्य केही बाँकी रहेको र पब्लिसिटीका लागि पनि अझै उपयुक्त हुने भन्दै निर्माण टीमले नयाँ रिलिज डेट सार्वजनिक गरेको हो।

nepali movie janmabhumi

खासगरी सामाजिक कथामा केन्द्रित फिल्ममा राष्ट्रप्रेम झल्काइएकोे छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, बाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथि फिल्म निर्माण गरीएको साथै फिल्म जन्मभुमी मौलिक नेपाली फिल्म हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको फिल्म भएको निर्देशक मोहन निरौलाले वताए।

फिल्म जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । फिल्ममा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । फिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । फिल्म जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन्।

अम्बिका गिरीको प्रस्तुति फिल्ममा सुरज गिरीको लगानी रहेको छ। यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा फिल्मको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक फिल्मकै निर्देशन गरेका थिए।

SUBSCRIBE 👉