सुष्मालाई सिमभज्याङ घुमाउने दाउमा प्रकाश


sushama-adhikari

Sushama Adhikari and Prakash Tammag – Click On Image To View Large Image !

ग्ल्यामर नेपाल, काठमाडौं । मकवानपुरको सिमभज्याङ पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मौका मिलेको खण्डमा धेरै जोडी सिमभज्याङ पुग्छन् र चिसो वातावरणमा माया साटासाट गर्छन् । नवगायक प्रकाश तामाङले पनि मोडल सुष्मा अधिकारीलाई सिमभज्याङ घुम्न प्रस्ताव राखेका छन् । प्रकाशले ‘सिमभज्याङको चिसो ठाउँमा घुम्न जाने हो कि माया’ बोलको गीतमार्फत सुष्मालाई घुमाउने सुर कसेका हुन् । ‘अनौठो नाता’ एल्बममा समावेश गरिएको यो गीतको भिडियो हालै सार्वजनिक गरिएको छ । भिडियोलाई प्रताप सिंहले निर्देशन गरेका छन् ।

सार्वजनिक गीतको शब्द र संगीत सुर्य लामाको रहेको छ । एरेन्जर फनिन्द्र राई हुन् । मकवानपुरको दामन, पालुङ, कुलेखानीलगाएतका सुन्दर स्थानमा मानष सिंले भिडियो खिचेका हुन् । सम्पादन भने सुशिल न्यौपानेको रहेको छ । गायक प्रकाश एल्बमलाई छिट्टै बजारमा ल्याउने गृहकार्यमा जुटेका छन् । सार्वजनिक गीतले मकवानपुरको पर्यटकीय क्षेत्रमा ठूलो सहयोग पुराउने विश्वास राखेका छन् ।

SUBSCRIBE 👉