बहराइनमा शुक्रबार चंखे शंखे पंखे


Chankhe Shankheकाठमाडौं । नेपाल रिलिजको झण्डै २७ दिन अघि चंखे शंखे पंखेको प्रिमियर सो बहराईनमा हुने भएको छ । आज शुक्रबार हुने प्रिमियर शोका लागि हिरोइन पूजा शर्मा र प्रोड्यूसर सन्तोष सेनका साथ निर्देशक सुर्दशन थापा बिहीबार बहराईन गएका छन् ।

बुधवार राति सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाए लगत्तै उनीहरु बहराईन उडेका हुन । बहराईनमा फिल्मको शो हेर्नका लागि १५ सय बढी टिकट विक्री भएको निर्माता सेनले बताए । उनका अनुसार बहरानमा फिल्मको चार शो हुनेछ ।

आउँदो जेठ १ देखि देशव्यापी प्रर्दशन हुने फिल्मलाई बर्ष २७१ मा निर्माण भएका नेपाली फिल्महरुको लिष्टमा सवै भन्दा महंगो फिल्मको रुपमा चित्रण गरिएको छ ।

फिल्ममा कमेडीका साथ राष्ट्रियताको कथालाई रोचक ढंगमा उठान गर्न कुनै कन्जुसाई नगरेको निर्देशक थापाले दावी गरेका छन्। फिल्ममा नन्दिता केसी, प्रेम पुरी, प्रमोद अग्रहरी, सुवास थापा र रामशरण पाठकलगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉