मध्यरात बिच सडकमा आर्यनले मनाए म्यारिज एनिभर्सरी – फोटो फिचर


Aryan Sigdelmarriageanniversary
अभिनेता आर्यन सिग्देलले लगनगाँठो कसेको आइतबार एक वर्ष पुगेको छ। उनले वर्ष दिन आजकै दिन प्रेमीका सपना भण्डारीलाई दुलही बनाएर भित्र्याएका थिए। विवाह पछाडी उनको व्यस्तता र सफलता दुवै बढेको छ। यसरी सफलताको सिढी उक्सिरहेका आर्यनले आफ्नो पहिलो म्यारिज एनिभरसरी कसरी मनाए होला ? धेरैको जवाफ, कुनै महंगो होटलमा भव्य जमघट गरे होलान हुन सक्छ तर यर्थाथ त्यस्तो छैन। आर्यनले बीच सडकमै म्यारिज एनिभरसरी मनाएका छन्, त्यो पनि अत्यन्त नजिकका साथीभाईसँग मात्र।

Aryan Sigdelmarriageanniversary
शनिबार साँझ परेपछि आर्यन पत्नी सपनासहित कारमा केही साथीका साथमा घरबाट निक्लिए। निकै बेर काठमाडौंका सडकमा फन्को लगाए। नक्साल पुग्दा ठ्याक्कै १२ बज्यो अनि त्यहीं केक काटेर सेलिब्रेट गरे, निकै शालिन शैलीमा। आर्यनले भने, “परम्परागत भन्दा केही भिन्न शैलीमा सेलिब्रेट गरौं भन्ने लागेर मध्यरात बीच सडकमा केक काटेका हौं।” उनले निकै नौलो अनुभव संगालेको पनि भन्न छुटाएनन्।

Aryan Sigdelmarriageanniversary

SUBSCRIBE 👉