चार साधकलाई संगीत नाट्य पुरस्कार


काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वार्षिकोत्सवको अवसर पारेर राष्ट्रको सङ्गीत तथा नाट्य क्षेत्रमा निरन्तर जीवन अर्पण गर्ने चार जना साधकलाई सम्मान गर्ने उद्देश्यले एक लाख राशिको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको घोषणा गरेको छ ।

Hari Prasadयस वर्ष पुरस्कार नाट्य विधाबाट वरिष्ठ नाट्य निर्देशक हरिप्रसाद रिमाल, नृत्य विधाबाट नृत्यकार एवम् अन्वेषक भैरवबहादुर थापा, सङ्गीत विधाबाट वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्मा र वाद्यवादन विधाबाट वरिष्ठ वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई सम्मान गर्न लागिएको प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको पाँचौँ वार्षिकोत्सवका अवसरमा पहिलो पटक वैशाख १६ गते चार स्रष्टालाई ताम्रपत्रसहित जनही रु एक लाख राशिको पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कार प्रत्येक वर्ष प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर वैशाख १० गते प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । यस वर्ष वैशाख १० गते घोषणा गरी १६ गते राष्ट्रपति डा रामवरण यादवबाट प्रदान गर्न लागिएको हो ।

SUBSCRIBE 👉