भुकम्प पिडित घाइतेहरुका लागि फिल्म प्रडक्सन र इभेन्ट म्यानेजमेन्ट कम्पनीको रक्तदान


नयाँ वर्ष २०७२ आगमन रौनक सेलाउन पाउँदा नपाउदै गत बैशाख १२ गते आएको महा भुकम्प (७.८ रेक्टर) का कारण देशमा हजारौँको मृत्यु भएको छ भने हजारौँको सँख्यामा घाईतेहरुको हाल उपचार भईरहेको छ। घाइते बिरामीहरुलाई रगतको अभाब हुन नदिन राज फिल्म प्रोडक्सन, बेटर ग्यालेक्सी इभेन्ट म्यानेमेन्ट र सारा फिल्म्सले राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो।

Blood Donation Nepal Earthquake 2015 (2)रक्तदान कार्यक्रमका को-अर्डिनेटर श्रीराम महतका अनुसार रक्तदान (BLOOD DONATION) कार्यक्रममा नेपाली कलाकारहरु, मोडलहरु, फेसन डिजाईनर र अन्यगरी २०० जना भन्दा बढीले रक्तदान गरेका छन्।

राज फिल्म प्रोडक्सनका डाइरेक्टर जनक राज पहारीले सम्पूर्ण रक्त दाताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै किसिमका सामाजिक कार्यहरु गर्न हौसिएको बताएका छन्रा। जधानीको प्रदर्शनी मार्ग स्थित ब्लड ब्यान्कमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले रक्तदान गरेर रगतको अभाबमा तड्पिएका बिरामीहरुलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन्।

हेर्नुहोस कार्यक्रमका केहि तस्विरहरु

SUBSCRIBE 👉