दिप्सना खड्का बनिन् मिस एसएलसी पोखरा (दोस्रो सँस्करण) को विजेता

मिस एसएलसी पोखरा (दोस्रो सँस्करण) को विजेता दिप्सना खड्का भएकी छन्। शुक्रबार आयोजित ग्राण्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता घोषित भएकी हुन्।


मिस एसएलसी पोखरा (दोस्रो सँस्करण) को विजेता दिप्सना खड्का भएकी छन्। शुक्रबार आयोजित ग्राण्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता घोषित भएकी हुन्। उनले ताजसँगै अन्य चार विधा (क्याटवाक, भ्यूअर्स च्वाईस, पंचुअल र हेल्दी हेयर) मा पनि अवार्ड प्राप्त गर्न सफल भईन। विजेता भएसँगै दिप्सनाले २५ हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरिन्।
Miss SLC Pokhara 2015प्रतिक्षा राना फस्ट रनरअप भईन् भने श्वेता रानाभाट सेकेन्ड रनरअप भईन्। फस्ट रनरअपले १५ हजारसहित एउटा म्यूजिक भिडियोको सम्झौता पुरस्कार स्वरुप प्राप्त गरिन् भने सेकेन्ड रनरअप रानाभाटले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। फस्ट रनरअप रानाले मिस फोटोजेनिक शिर्षक समेत आफ्नो पोल्टामा पारिन्। मिस ट्यालेन्ट विधामा प्रतियोगी प्रिया रञ्जितले जितिन् भने मिस पपुलारिटि र डिस्प्लिन अवार्ड शिल्पा थापाले हात पारिन।

सिपोरा गुरुङ, विमला भण्डारी, अरुण गिरी, महेश भण्डारी, छवि सुवेदी, भुपालकुमार गुरुङ र किसान सुनार निर्णायक मण्डल रहेको मिस एसएलसी पोखरा(दोस्रो सँस्करण)को आयोजना “ईभेन्ट्स फर यु”ले गरेको हो। ‘प्रतियोगिता निकै राम्रो तरिकाले सम्पन्न गर्न सक्यौँ। यो बीचमा हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिन चाहन्छु।’ ग्राण्ड फिनाले पछि आयोजक संस्थाका अध्यक्ष विशाल गुरुङले बताए।

SUBSCRIBE 👉