शरणार्थीहरुका नाइके बन्दैछन् जीवन

उदय सुब्बाले निर्देशन गर्न लागेको चलचित्र ‘रिफ्यूजी’मा जीवन शरणार्थीका नाइके बनेर देखिन लागेका छन्। हालै चलचित्र ‘बाजिगर’को छायाँकन सकिए लगतै उनि फरक बिषयको सो चलचित्रमा व्यस्त हुने भएका हुन्।


Nepali Actor Jiwan Luitel

Actor Jiwan Luitel | Photo: Maheswor Man Singh / Glamour Nepal

महा भुकम्पपछि जनजिवन सामान्य बन्दै जाने क्रम सँगै नेपाली चलचित्रहरुको छायाँकन पनि हुन थालेको छ। चलचित्र छायाँकन संगै कलाकारहरु पनि व्यस्त हुन थालेका छन्। अमेरिकामा ३ महिना भन्दा लामो समय बसेर नेपाल फर्किएपछि जीवन, उदय सुब्बाले निर्देशन गर्न लागेको चलचित्र ‘रिफ्यूजी’मा जीवन शरणार्थीका नाइके बनेर देखिन लागेका छन्। हालै चलचित्र ‘बाजिगर’को छायाँकन सकिए लगतै उनि फरक बिषयको सो चलचित्रमा व्यस्त हुने भएका हुन्।

चलचित्रको छायाँकन असार ५ गतेबाट शुरु हुन लागेको नायक जीवनले बताए। चलचित्रलाई झापा, मोरङ र सुनसरी लगायतका स्थानमा खिचिने छ।
चलचित्रको कथावस्तु रोचक र फरक शैलीको भएकाले काम गर्न इच्छुक बनेको जीवनले बताए।

जीवन लुइँटेल सँग सम्बन्धित थप समाचार, भिडियोहरु र फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉