विवाह पूर्व रेजिनाले दिइन् भव्य रिसेप्सन पार्टी


Rejina-Upreti-Wedding

Rejina Upreti and Suraj Pokhrel

ग्ल्यामर नेपाल, काठमाडौं । नायिका रेजिना उप्रेती आउँदो फागुन १६ गते आफ्ना प्रेमी सुरज पोखरेलको हातबाट सिउँदो भर्दैछिन् तर हप्ता दिन अगाडि नै उनले भव्य रिसेप्सन पार्टी दिएकी छिन्। शनिबार साँझ कलंकीस्थित मेगा ब्याङक्वेटमा दिइएको उक्त भोजमा नेपाली फिल्मका कलाकार, प्राविधिकदेखि राजनीतिक दलका नेतासम्म सरिक थिए । उपस्थित सबै पाहुनाले रेजिनालाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए।

भोजमा पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, नेता राजेन्द्र पाण्डेलगाएत धादिङ जिल्लाका राजनीतिक नेता तथा कार्यकर्ताको उपस्थिती थियो। त्यस्तै, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती पनि रेजिनालाई शुभकामना दिन कलंकी पुगेका थिए। सिने क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आफ्ना विनोदसँग भोजमा सहभागी भइन् भने अभिनेत्रीहरु रेखा थापा, संचिता लुइँटेल, अरुणिमा लम्साल, पुजना स्त्रीजस्ता रेजिनाका समकालिन अभिनेत्रीले पनि भोजमा थप रौनकता थपेका थिए।

अभिनेताहरु मुकेश ढकाल, गजित बिष्ट, सुशील श्रेत्री र श्रीकृष्ण श्रेष्ठ पनि सहभागि भए। श्रीकृष्णको साथमा अभिनेत्री श्वेता खड्का पनि थिइन्। त्यस्तै, बरिष्ठ कलाकारहरुरु बसुन्धरा भूषाल, युवराज लामा, अशोक शर्मा, निर्देशक आकाश अधिकारी, शोभित बस्नेत, गायक आनन्द कार्की, निर्माता निर्मल शर्मा रिसेप्सन पार्टीमा सहभागी भएर रेजिनालाई शुभकामना दिए । यसअगाडि रेजिनासँग नजिक भनिएका निर्देशक शोभितको उपस्थितीले भोजमा निकै चर्चा पाएको थियो।

रेजिनाका हालका प्रेमी तथा हुनेवाला श्रीमान् सुरज धादिङका स्थायी निवासी हुन्। उनी विगत ६ बर्षदेखि लण्डनका ट्राभल एजेन्सी चलाइरहेका छन्। रेजिनाले भोजमा सहभागी पत्रकार तथा फिल्मकर्मीसँग विवाहपछि पनि नेपाली सिनेमालाई माया गर्ने बताएकी थिइन् यद्यपी विवाहको एक सातामै रेजिनाको जोडी लण्डन उड्ने बताइएको छ।

SUBSCRIBE 👉