नेपालीको लागि युनेस्कोको ब्राण्ड एम्बेस्डरमा बप्पी लहरी


bappi-lahari

Bappi Lahari

ग्ल्यामर नेपाल, काठमाडौं । बलिउडका विख्यात गायक बप्पी लहरीलाई युनेस्कोले नेपालको लागि ‘एजुकेसन फर अल’ अभियानमा ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। नेशनल फेडेरेसन अफ युनेस्कोका नेपाल प्रमुख विनोद खेतवातले बप्पीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको पुष्टि गरेका हुन्। युनेस्कोले अभिनेता रणवीर कपुरलाई पनि एम्बेस्डरको लागि प्रस्ताव गरेको थियो तर उनले रेड सिग्नल देखाएपछि बप्पीलाई नियुक्त गरिएको बुझिएको छ।

सदभावना दूत नियुक्त भएपछि बप्पीले गौरवान्वित महसुस गरेको द इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ। साथै उनले आफ्नो संगीत नेपाली श्रौताले मन पराइदिएको खूशी भएको प्रतिक्रिया दिएका छन्। ‘प्रत्येक बालबालिकालाई शिक्षा पाउने अधिकार दिइनु पर्छ। साक्षरता विकासशिल देशको आधारशिला हो,’ बप्पीले भनेका छन्, ‘मेरा शब्दले लाखौं बालबालिकाको जीवनमा परिवर्तन हुनेछ भन्नेमा म सकारात्मक छु।’

८० को दशकको हिन्दी सिनेमा संगीतमा बप्पीको राज थियो। उनलाई बलिउडमा ‘डिस्को किङ’का रुपमा परिचित छन् । उनले हिन्दी, बंगाली, तेल्गु, मलायाम, कन्नड, गुजराज, मराठी, पञ्जाबी, भोजपुर, ओडिया भाषामा गरी करिब ५ हजार गीतमा संगीत गरेका छन् । बप्पी हालै राजनीतिमा पनि जोडिएका छन् । गएको महिना विजेपी अध्यक्ष राजनाथ सिंहले उनलाई पार्टी प्रवेश गराएका हुन्।

SUBSCRIBE 👉