आर्थिक अभावका कारण उपचार पाउन नसकेका अशक्त तथा विपन्न परिवारका व्यक्तिहरुको स्वास्थोपचारमा सहयोग गर्न युवा दीपक सिलवालले अभियान शुरु गरेका छन्। राजधानीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सेलिब्रेटी तथा समाजसेवीले उनको अभियानमा सहयोगको प्रतिबद्धता जनाएका छन्।
घर आागन नेपाल नामक सामाजिक संस्थाका अध्यक्षसमेत रहेका सिलवालले शुरु गरेको अभियानलाई सहयोग गर्न अष्ट्रेलियामा बस्दै आएका इञ्जिनियर तथा न्यू वेष्ट वेल्स स्टेटका काउन्सिलर गभर्नर दीपक खड्काले मासिक ५० हजारका दरले पाँच वर्षका लागि सहयोग गर्न चेक हस्तान्तरण गरे। “नगदबाहेक अन्य सहयोग गर्न पनि म तयार छु, त्यसकारण पनि सामाजिक क्षेत्रमा काम गर्ने दीपकजस्ता युवाको अभियानमा सबैले साथ दिनुपर्दछ”दीपकले भने।
त्यस्तै चर्चित गीतकार तथा ओम अस्पताल प्रमुख डा. भोला रिजालले दीपकले आाटेको कामलाई सबैजनाले खुलेर सहयोग गर्नुपर्ने बताए। ‘काम गर्ने मान्छेलाई असम्भव भन्ने कुरा कहिल्यै पनि आउादैन, त्यसकारणले स्वच्छ मनले दीपकले शुरु गरेको अभियानमा जस्तेासुकै सहयोग गर्न म तयार छु।’ डा. रिजालले भने। उनले घर आगन नेपालका लागि आफ्नो तर्फबाट वाषिर्क रुपमा २५ हजार रुपैंयाा सहयोग गर्ने प्रतिबद्धता जनाउदै आर्थिकबाहेकका अन्य सहयोग पनि जारी राख्ने घोषणा गरे।
पूर्व सेनापति तथा पुस्तक लेखक रुकमांगत कटुवालले दीपकले अठोटका साथ शुरु गरेको अभियानमा सबैको सहयोग आवश्यक रहेको औल्याए। ‘उनको अभियानमा सबै नेपालीले साथ दिनुपर्छ।’ उनले भने। इमेज ग्रुप अफ इण्डष्ट्रिजका उपाध्यक्ष इन्दिरा मानन्धरले दीपकको अभियान सुनेर आफु हषिर्त बनेको जनाउादै आफुले स्वास्थ्य क्षेत्रबाट कस्तो किसिमको सहयेाग गर्नुपर्ने हो त्यो गर्न तयार रहेको बताईन्।
अभिनेत्री दीपाश्री निरौलाले प्रेम गर्ने उमेरमा एउटा युवाले समाजलाई हेरेर गरेकेा काम आफैमा प्रशंसनीय रहेको खुलाउदै उनको लागि कला क्षेत्रबाट सक्दो सहयोग गर्ने जनाईन्। तीन वर्ष अघि संस्था स्थापना गरेका दीपकले आफ्नो अभियानका लागि १० कठ्ठा बेच्ने तयारी गरिरहेको खुलाए। ‘मैले आफ्नो पैतृक सम्पत्ति बेचेर यो संस्था स्थापना गरेको हो, अहिलेसम्म सबै काम आफ्नै किसिमले गरिरहेको छु,’संस्थामा १५ जना अनाथ, अशक्त तथा दृष्टिविहिन बालबालिकालाई आश्रय दिईरहेका दीपकले भने,’अहिले भूकम्पका कारण पनि धेरै मानिसहरु उपचार नपाएर अलपत्र परेका छन्, उनीहरुका लागि सहयोग गर्न सक्छौं भनेर अभियान शुरु गरेको हुँ।’
दीपकका नजिकका साथी सञ्चारकर्मी नरेश भट्टराईले अभियानमा अभिनेता राजेश हमाल, भुवन केसी, निखिल उप्रेती, गायक रामकृष्ण ढकाललगायतका सेलिब्रेटीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकार सम्मेलनमा भने उनीहरु देखिएनन्। दीपकका मामा भवानीप्रसाद ओलीले पनि अभियानमा दुई लाख रुपैंयाा सहयोग गर्ने घोषणा गरेका छन्।
दीपकका अनुसार अभियानमा सहयोग गर्न चाहनेहरुले संस्थाको नाममा रहेको एनआईसी एशिया बैंक थापाथली शाखामा रहेको खाता नम्बर ५४४१३३१०२६५२४००१ र विदेशबाट सहयोग गर्न चाहनेहरुका लागि स्विफ्ट कोड एनआईसीईपीकेए मा रकम जम्मा गर्न सक्नेछन्।