चलचित्र विकास बोर्डको फिल्म निर्माण / निर्देशन मापदण्ड विरोधमा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र


सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय चलचित्र नीति-२०७०’ विपरीत चलचित्र विकास बोर्डले चलचित्र निर्माण निर्देशन मापदण्ड ल्याएको विरोधमा ७५ जना कलाकर्मी चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। बोर्डले जारी गरेको चलचित्र निर्माण निर्देशन मापदण्ड नेपालको अन्तरिम संविधान-२०६३ र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको भन्दै फिल्मकर्मीले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई सोमबार ज्ञापनपत्र बुझाएका छन्।

Nischal Basnet Actorफिल्मकर्मी तथा साहित्य कलाका विभिन्न विधामा क्रियाशील ७५ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले सिर्जनात्मक कामलाई रोक्न नहुने बताए। ‘सिर्जनात्मक कामलाई नरोकी चटपटे बनाएजस्तो जे पनि चलचित्रमा राख्ने कामलाई रोक्न जरुरी छ’, उनले भने, ‘चलचित्र क्षेत्रमा भएका समस्या ठीक संग समाधान गरिनुपर्ने पक्षमा मन्त्रालय छ।’ चलचित्र क्षेत्रलाई गुणात्मक बनाउन तालिम केन्द्रको स्थापना गरिनुपर्नेमा पनि मन्त्री रिजालले जोड दिए। ‘बोर्डमा फिल्म क्षेत्रबाट जम्मा भएको पैसा यो क्षेत्रको गुणात्मक विकास गर्न तालिम केन्द्र स्थापनाका लागि लगानी गरिनुपर्छ’, मन्त्री रिजालले भने, ‘यसका लागि दुई तीनवटा तालिम कार्यक्रम अविलम्ब सञ्चालन गर्न जरुरी छ।’

ज्ञापनपत्र बुझाउादै गैरआख्यान चलचित्र निर्देशक अनुप सुवेदी, निर्माता/निर्देशक निश्चल बस्नेत, निर्देशक विनोद पौडेल, अभिनेत्री ऋचा शर्मा र निर्माता प्रचण्डमान श्रेष्ठलगायतका कलाकर्मीले निरंकुश रुपमा आएको मापदण्ड सात दिनभित्र खारेज नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए।

निर्माता/निर्देशक निश्चल बस्नेतको चलचित्र विकास बोर्डलाई खुल्ला चुनौती

यसै वीच निर्माता/निर्देशक निश्चल बस्नेतले आफ्नो फेसबुक पेज मार्फत चलचित्र विकास बोर्डलाई खुल्ला चुनौती दियका छन्। उनले फेसबुकमा पोस्ट गरेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै ” वाह बिकास बोर्ड ! तपाईले लागू गरिसकेको मापदण्ड अरु के के हो भनेर खोज्दा पनि पाईन । एक प्रती कपि पनि पाईएन। अर्को नियम चै यस्तो रैछ : मेरो पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ” तान्द्रो ” सेन्सर नगरि मैले मेरो ब्यानरबाट अर्को नया फिल्म बनाउन पाउदिन। अरु के के मापदण्ड छ अब म जान्न पनि चाहन्न। म अर्को फिल्म बनाउछु। रोकेर देखाउनुस!”
Nischal-FB

SUBSCRIBE 👉