कसकी करिष्मा, संयम कि सलोन ?


फिल्म बजारमा चलेको हल्ला पत्याउने हो भने संयम पुरी र आष्मा डिसीको प्रेम सम्बन्ध तुहिएको छ। उनीहरुले अब साथीमा मात्र सिमित हुने निर्णय गरेका छन्। रियल लाइफको रिलेसन टुक्रिएपनि संयमले रिल लाइफमा नयाँ प्रेमीका पाएका छन्, करिष्मा श्रेष्ठ। फिल्म हो, ‘लभसब’। देवकुमार श्रेष्ठ निर्देशित फिल्मको ट्रेलर रिलिज भएको छ। ट्रेलरबाट संयम बोल्न नसक्ने पात्रको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ।
Karishma Shrestha Samyam Puri Nepali movie luv Sab Photoसंयमका पछिल्ला फिल्मले बक्सअफिसमा कमाल मच्चाउन सकेका छैनन् भने करिष्मा यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछिन्। यतिमात्र होइन्, यही फिल्मका अर्का हिरो सलोन बस्नेत र करिष्माबीच ‘साथीभन्दा माथि’को सम्बन्ध रहेको चर्चा सुनिन्छ। फिल्म युनिटका एक सदस्यका अनुसार सुटिङका क्रममा सलोन र करिष्मा धेरै नजिकिएका थिए। रिलिजसम्म आइपुग्दा सम्बन्ध अझ प्रगाढ बनेको छ। त्यसैले पनि २५ भदौमा रिलिज हुने भएको फिल्म ‘लभसब’ प्रतिक्षित बनेको छ।

ट्रेलर हेर्नुहोस्

भिडियो गित हेर्नुहोस्

SUBSCRIBE 👉