निशाको नजरमा आर्यन पाँच नम्बरमा

Nisha-Adhikari-Photo

Model and Actress Nisha Adhikari / Photo by Kamal Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । नायिका निशा अधिकारले आर्यन सिग्देलसँग दुई वटा फिल्ममा स्क्रिन शेयर गरेकी छिन्, ‘फस्ट लभ’ र ‘धुँवा यो नशाको’। जसमध्ये ‘फस्ट लभ’ व्यावसायिक रुपमा सफल भयो भने ‘धुवाँ यो नशाको’ले निर्माताको गोजी रित्याउने मात्र काम गर्‍यो। यो फिल्म असफल भएपछि यी दुई कलाकार एकसाथ देखिएका छैनन्। तर पनि दुवैको दोस्ती राम्रो रहेको बताइन्छ। यद्यपी निशाले आर्यनलाई पाँच नम्बरको अभिनेता मानेकी छिन्।न्यूज २४ को ‘इष्यु अफ द डे’ मा निशाले जीवन लुइँटेल, सौगात मल्ल, अर्पण थापा, र राजबल्लभ कोइरालाभन्दा अन्तिम लिस्टमा राखेकी हुन्। उनले नायिकामा भने रेखा थापालाई नम्बर वान भनेकी छिन्। उक्त कार्यक्रममा रेखासँगै उनी पाहुना बनेकी थिइन्।

फिल्म क्षेत्रमा रवाफ देखाउने अभिनेत्रीको रुपमा परिचित निशाले सोही कार्यक्रममा दिएको अर्को एक अभिव्यक्तिले पनि चर्चा पाएको छ। उनले पुरुष पत्रकारले यौन प्रसंगका विषयमा प्रश्न सोध्न नमिल्ने धारणा राखेकी छिन्। ‘एउटा केटा पत्रकारले मलाई इन्टरकोर्स सम्बन्धी प्रश्न सोध्छ भने यो कत्तिको सामाजिक आचारण भित्र पर्छ ?’ उनले प्रश्न गरेकी छिन्। फोनमा इन्टरकोर्सको अनुभव सोध्नेको फोन काटिदिने गरेको उनको भनाई छ।

SUBSCRIBE 👉