बोलक्कड छिन् बजरंगी भाईजानकी मुन्नी


Harshali Malhotraमुम्बई । हाल प्रदर्शनरत बलिउड फिल्म ‘बजरंगी भाईजान’मा उत्कृष्ठ अभिनय गरेर आम दर्शकको वाहवाही पाईरहेकी सात वर्षीया बाल कलाकार हर्षाली मल्होत्रा वास्तविक जीवनमा निकै बोलक्कड छिन् । कविर खान निर्देशित फिल्ममा बोल्न नसक्ने पात्र ‘साहिदा’ र ‘मुन्नी’को भूमिकामा देखिएकी हर्षाली वास्तविक जीवनमा निकै बोल्ने भएको उनकी आमाले खुलासा गरेकी हुन्। फिल्ममा सलमान खान प्रमुख भूमिकामा छन् ।

हर्षालीकी आमा काजलका अनुसार हर्षाली कहिल्यै पनि चुप लागेर बस्न सक्दिनन् । ‘फिल्मका लागि राखिएको कार्यशालाको समयमा कास्टिङ निर्देशक मुकेस छाबराले मलाई फिल्मको सुटिङमा हर्षाली नबोली कसरी बस्न सक्लिन भनेर चिन्ता गर्थे ।’ काजलले भनेकी छन् ।

फिल्मको सुटिङ पछि पनि हर्षालीको बोल्ने बानीमा कुनै बदलाव नआएको काजलले बताईन् ।

SUBSCRIBE 👉