काठमाडौं । अभिनेता निखिल उप्रेती भन्ने बित्तिकै आम दर्शकको दिमागमा उनको स्टन्ट र एक्सन छविको रिल घुम्छ । डेब्यु फिल्म ‘पिँजडा’मा सात तले बिल्डिङबाट हाम फाल्नेदेखि विभिन्न स्टन्ट दिएर चर्चामा आएका निखिल अब दर्शकमाझ अझ नयाँ किसिमको एक्सन शैली लिएर आउने भएका छन् । उनले डेब्यु निर्देशन गरेको फिल्म ‘भैरव’मा निखिललाई प्रहरीको भूमिकामा देख्न पाईन्छ । जो बलिउड शैलीमा फिल्ममा एक्सन देखाउन आउँदैछन् । यो फिल्म आगामी भदौ ११ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
यो फिल्मले सीमा क्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको विषयलाई कथात्मक रुपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा निखिल शीर्ष भूमिकामा छन् । सर्लाही र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा निखिलका खतरनाक एक्शन स्टण्टहरु समाबेश गरिएको निर्माण युनिटले जनाएको छ ।
केही समय अघि सार्वजनिक भएको फिल्मको प्रोमो र गीतहरु अहिले निकै चर्चामा आईरहेको छ । फिल्ममा निखिलका अलावा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रतन दारुवाला निर्माता रहेको फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व छ।