रेस्लर बन्न तौल बढाउँदै सलमान


मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ उनको तौल बढाउने विषयका कारण चर्चामा आयो । फिल्ममा अभिनय गर्नकै लागि तौल बढाएका कारण आमिरको परिवारमा आमा र श्रीमति दुवै चिन्तित बने । अब तौल बढाउने अभियानमा अर्का खान अर्थात सलमान खान पनि अघि बढेका छन् ।
Salman Khanभारतीय सञ्चारमाध्यमका अनुसार सलमान नयाँ फिल्म ‘सुल्तान’ का लागि १० किलो तौल बढाउन लागेका छन् । यो फिल्ममा सलमान रेस्लरको भूमिकामा देखिँदैछन् । सलमानले आफु तौल बढाउन तयार भए पनि आमिरको जस्तो मोटो भने देखिन नचाहने बताएका छन् ।

‘चुंकी सुल्तान निकै स्ट्रेसफूल फिल्म हो, जहाँ केही जबरजस्त एक्सन दृश्यको जरुरी पर्छ, त्यसका लागि स्ट्रङ शरीरको आवश्यकता पर्छ ।’ सलमानले भनेका छन् ।

पछिल्लो हिट फिल्म बजरंगी भाईजानबाट वाहवाही पाएका सलमानले रेस्लरमा आफ्नो क्षमतालाई कसरी देखाउँनेछन् त्यो चािहँ हेर्न बाँकी नै छ ।

SUBSCRIBE 👉