इस्केप हिरो बने पुजाको जोडी


काठमाडौं । फिल्म ‘इस्केप’बाट हिरो बनेका नायक प्रदिप खड्काले फिल्म ‘प्रेमगीत’मा अभिनेत्री पुजा शर्मासँग रोमान्स गर्ने भएका छन् । सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्मका लागि नयाँ फ्रेस हिरोको खोजी भईरहँदा प्रदिप छनौंटमा परेका हुन् ।
Prem Geet Artistनिर्देशक सुदर्शनले बुधवार राति नायिका पूजा र प्रदीपको संयुक्त तस्बिर सार्वजनिक गर्दै टिम परिचय गराएपछि उनको फिल्मको हिरो प्रदीप फाइनल भएको सार्वजनिक भएको हो । २३ बर्षे प्रदीपलाई निर्देशक दिनेश डिसीले हिरो बनाउने चर्चा चलिरहँदा अभिनेतासमेत सुदर्शनको रोजाईमा उनी परेका हुन् । आउँदो शुक्रबार देखि फ्लोरमा जाने प्रेम गीतमा सरोज खनालदेखि रुपा रानासम्मका पूराना कलाकारले अभिनय गर्नेछन् । फिल्मको छायांकन राजधानीसहित मोफसलको पोखरा र मुस्ताङको कागबेनीमा हुनेछ ।

झण्डै करोड बढीको लागतमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत भर्नेछन् भने सुगम पोखरेल, अञ्जु पन्त र सन्तोष लामाको स्वर रहनेछ । लभस्टोरी फ्लेबरको फिल्मका निर्माता सन्तोष सेन हुन् । उनले निर्माण गरेको फिल्म ‘चंखे शंखे पंखे’ फूलपातीको दिन रिलिज हुँदैछ । प्रेम गीतको छायाँकन शुक्रबारदेखि हुँदैछ ।

SUBSCRIBE 👉