एकसाथ तिन सौन्दर्य प्रतियोगीता


काठमाडौ । एक्सपोज नेपालले एकसाथ तिन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । ‘मिस्टर नेपाल’को आयोजक एक्सपोज नेपालले ‘मिस राजधानी २०१५’, ‘मिस्टर राजधानी २०१५’ र ‘मिसेज राजधानी २०१५’ प्रतियोगिता गर्न लागेको हो । तीनवटै प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ ।
Event Picसुन्दरी छनौंट गर्ने परम्परागत शैली आधुनिकतामा ढाल्दै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको संस्थाले आयोजना गर्न लागेको यी तिन प्रतियोगीतामा युवायुवतीदेखि बिवाहित महिलासम्मले सहभागीता जनाउन सक्नेछन् । तिन प्रतियोगीता मध्ये ‘मिस राजधानी’मा १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानी’मा १५ वर्षदेखि १९ वर्ष उमेर युवा र ‘मिसेस राजधानी’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष दिनेश शाहीले बताए ।

प्रतियोगीतामा शिर्ष सहित १६ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरकासाथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

SUBSCRIBE 👉