फेसबुकले पीडित बने चंखेका हिरो


काठमाडौं । गत जेठ १ गतेबाट अल नेपाल रिलिजको तयारी गरिरहँदा वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रिलिज मिति फूलपातीमा पारेको फिल्म ‘चंखे शंखे पंखे’ले नयाँ रिलिज डेट घोषणा गर्दै फिल्मको एक गीत सार्वजनिक गरेको छ । अब यो फिल्म असोज ८ गते अल नेपाल लाग्दैछ ।
Chankhe Song‘फेसबुकैले विचल्ली पार्यो’ बोलको लोक गीतमा फेसबुकमा रमाउँनेहरुको कथा र व्यथालाई प्रस्तुत गरिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द, ताराप्रकाश लिम्बुको संगीत र रुपक डोटेल,भीम लिम्बु र रुकमान लिम्बुको स्वर रहेको छ । अभिनेता सुर्दशन थापा, सुवास थापा र प्रेम पुरीले फिचरिङ गरेको गीतको कोरियोग्राफी गोविन्द राईले गरेका हुन । एक करोड बढी बजेटको फिल्मका निर्माता सन्तोष सेन हुन् ।

SUBSCRIBE 👉