यसरी पुग्यो सलमानको हातमा बजरंगीको स्क्रिप्ट


मुम्बई । सलमान खानको फिल्म बजरंगी भाईजानले ३ सय करोड रुपैंयाँ कलेक्स गरेर आमिर खानको फिल्म पीकेको रेकर्ड तोडिदिएको छ । आमिरले सलमानको फिल्म हेर्दा आँसु नै चुहाएका थिए । रमाइलो कुरा के छ भने सलमान भन्दा अघि बजरंगी भाइजानमा काम गर्नका लागि आमिरलाई नै अफर आएको थियो ।
Salman Khanसमाचार अनुसार फिल्मका लागि सलमानले शुरुमा चासो देखाएका थिएनन् । सलमान भन्दा अघि फिल्मका लागि आमिरलाई अफर गरिएको थियो । फिल्मको स्क्रिप्ट विजेन्द्र प्रसादले लेखेका हुन् । स्क्रिप्ट लेखेपछि विजेन्द्र स्क्रिप्ट लिएर आमिरलाई भेट्न गएका थिए । विजेन्द्र फिल्ममा अलिक स्टारडम भएका हिरोलाई काम गराउन चाहन्थे । फिल्मको स्क्रिप्ट आमिरले रुचाए पनि फिल्ममा राजनीतिकरण बढी भएको भन्दै आमिरले आपत्ति जनाएका थिए । स्क्रिप्टलाई परिवर्तन गर्न आमिरले आग्रह गरे पनि विजेन्द्रले त्यो प्रस्ताव अस्वीकारे थिए ।

आमिरबाट कुरा नमिलेपछि विजेन्द्र ऋतिक रोशनको ठाउँमा पुगेका थिए । विजेन्द्रले स्क्रिप्टका लागि ऋतिकसँग दुई करोड रुपैया मागे पनि त्यो पैसा ऋतिकका लागि महंगो भयो । तर यो कुरा थाहा पाएका सलमानले अग्रिम ५० लाख एडभान्स दिएर स्क्रिप्ट आफ्नो ठाउँमा ल्याए ।

SUBSCRIBE 👉