जेनिफरको सुटुक्क दोस्रो विवाह


लसएञ्जल्स । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले प्रेमी जस्टिन थेरोक्ससँग लसएञ्जल्समा सुटुक्क विवाह गरेकी छन् । तीन वर्षदेखि रोमान्समा रहेकी एनिष्टनले गत अप्रिलमा सुटुक्कक विवाह गर्न लागेको बताएकी थिईन् ।
Jenifer Anistonविवाह सम्बन्धी सार्वजनिक केही तस्वीरका आधारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गत बुधबार राती विवाह गरेको अनुमान लगाएका छन् । पापराजी र सर्वसाधारणको सम्भावित चासोबाट बच्नका लागि उनीहरुले गोप्य विवाह गरेको हुनसक्ने अनुमान गरिएको छ ।

ब्रिटिस डकुमेन्ट्री निर्माणकर्ता लुइस थेरक्सको आफन्त रहेका जस्टिन अमेरिकी अभिनेता, लेखक र निर्देशक हुन् । समाचार अनुसार यो जेनिफरको दोस्रो विवाह हो । अभिनेता ब्राड पिटसँग पाँच वर्ष वैवाहिक सम्बन्ध गाँसेकी उनले सन् २००५ मा सम्बन्धविच्छेद गरेकी थिईन् ।

SUBSCRIBE 👉