स्वेताले रुँदै भनिन् ‘ उहाँले जस्तै योगदान दिन चाहन्छु ।’ – भिडियो सहित


काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी अभिनेत्री पत्नी स्वेता खड्काले आफुले श्रीमानको जस्तै फिल्म क्षेत्रमा योगदान दिन चाहेको बताएकी छन् । श्रीको वार्षिक पुण्यतिथीको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले श्रीमानको चाहनालाई पुरा गराउन सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताईन् ।
Sweta Khadka‘म उहाँले जस्तै यो इण्डष्ट्रिमा योगदान दिन चाहन्छु,’झण्डै एक वर्ष पछि सार्वजनिक रुपमा आफ्नो मन्तव्य दिएकी उनले भनिन्,‘उहाँले मलाई सबै काम तिमीले नै सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो ।’ स्वेताले आफ्नो पहिचान श्रीले बदलिएको समेत बताईन् ।

‘म खड्का थिएँ, श्रेष्ठ बनें, सुश्री थिएँ, श्रीमति बनें,एउटा सामान्य अवस्थाको केटीलाई अहिले यो अवस्थासम्म पुर्याइदिनुभयो ।’ स्वेताले भनिन् ।

SUBSCRIBE 👉