के म तिम्रो होइन रमा मरिष्का र आर्यनको रोमान्स


काठमाडौं । अधिकारी ब्रदर्श पिक्चर्स र द् स्काइ मुभिज प्रा.लिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘के तिम्रो होइन र’का कलाकारहरु फाइनल भएका छन् । फिल्ममा डेब्यु नायक र नायिका आर्यन अधिकारी तथा मरिष्का पोखरेलले रोमान्स गर्दैछन् ।
Aaryan Mariskaआकाश अधिकारीले निर्देशन गर्ने फिल्मका कार्यकारी निर्माता सुरेश अधिकारी हुन् । फिल्ममा गौरी मल्ल, वरिष्ठ कलाकार मिथिला शर्मा, नायक प्रज्जवल गिरी पनि फाइनल भएका छन् । याम थापाको स्क्रिप्ट रहेको फिल्ममा बसन्त सापकोटा र तारा प्रकाश लिम्बुले संगीत दिनेछन् भने कोरियोग्राफी रेनेशा बान्तवा राईको रहनेछ । फिल्ममा हिमाल केसीको द्वन्द्व र नवराजकृष्ण थापाको छायांकन रहनेछ ।

राजधानी आसपासका क्षेत्रमा छायाँकन गरिने फिल्म यही भदौ २१ गतेबाट फ्लोरमा जाँदैछ ।

SUBSCRIBE 👉