सन्ताउन्न वर्षमा भिलेन बन्दै शेरोन


लसएञ्जल्स । हलिउड अभिनेत्री शेरोन स्टोन चाँडै नै फिल्म ‘रनिङ वाइल्ड’मा देखिँदैछिन् । ५७ वर्षीया स्टार यो फिल्ममा भिलेन रुपमा प्रस्तुत हुँदैछिन् ।
Sharon Stoneयो फिल्मको निर्देशन एलेक्स रानारिवेलोले गर्दैछन् । फिल्म एक विधवा महिलाको कथामा आधारित रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक आरोपीसँग काम गरेर न्यायका लागि लड्ने युवतीको कथा फिल्ममा रहनेछ ।

यो फिल्मको कथा क्रिस्टियना मुरे र ब्रायन रडनिकले लेखेका हुन् । यो फिल्ममा प्रमुख भूमिका अर्थात विधवाको रुपमा एक अभिनेत्रीलाई अनुबन्ध गर्ने तयारी भईरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

SUBSCRIBE 👉