जेनिफरको कमाई बजरंगीको भन्दा बढी


लसएञ्जल्स । ओस्कार विजेता अभिनेत्री जेनिफर लरेन्स हलिउडको सर्वाधिक बढी कमाई गर्ने अभिनेत्रीको रुपमा सूचीकृत भएकी छन् । उनको वर्षभरीको कमाई हालै प्रदर्शित बलिउडको हिट फिल्म ‘बजरंगी भाईजान’को कलेक्सन भन्दा पनि बढी छ ।
Jeniffer Lawrenceफोब्र्सले जारी गरेको सूची अनुसार ‘हङ्गर गेम्स’ स्टार जेनिफरले सन् २०१४ को जुनदेखि २०१५ को जुनसम्म ५२ मिलियन अमेरिकी डलर कमाई गरेकी थिईन् । सूचीको दोस्रो नम्बरमा ३५ दशमलब ५ मिलियन अमेरिकी डलरसहित ‘एभेञ्जर्स’ स्टार स्कारलेट जोन्सन छिन् । गत वर्ष शीर्ष स्थानमा रहेकी अभिनेत्री सेन्ड्रा बुलक यसपटक १५ औं स्थानमा छिन् ।

सूचीमा जेनिफर एनिष्टन, जुलिया रोबर्टस्, रीस विदरस्पुन र एनी हाथवे क्रमशः पाँचौं, छैटौं, सातौं, आठौं र नवौं स्थानमा छन् ।

SUBSCRIBE 👉