प्रियंका भईन् मिस नेपाल यूएस


काठमाडौं ।अमेरिकाको न्यूर्योकमा आयोजना गरिएको ‘मिस नेपाल यूएस २०१५’को उपाधि प्रियंका थपलियाले जितेकी छन् । नर्थ क्यारोलिनामा बस्ने उनले द कन्सर्ट हल अफ न्यूयोर्क सोसाइटी फर इथिकल कल्चरमा आयोजित प्रतियोगितामा शीर्ष उपाधि चुमेकी हुन् । विधागत तर्फको ‘मिस फोटोजेनिक’को उपाधि समेत चुमेकी उनले शीर्ष ताजसहित १० हजार अमेरिकी डलर पुरस्कार पनि पाईन् । इप्लानेट नेपालसँगको सहकार्यमा अमेरिकाको इभेन्ट प्लानेट इन्कले आयोजना गरेको प्रतियोगितामा कौशिला लामा र नेहा झाले क्रमशः फष्ट र सेकेण्ड रनरअपको उपाधि जिते । नेहाले विधागत तर्फ ‘मिस ट्यालेन्ट’ र कौशिलाले ‘बेष्ट वक’को अवार्ड पनि जिते ।
Miss Nepal USपाँचौं संस्करणको प्रतियोगितामा १९ देखि १९ वर्ष उमेर समूहका नेपाली महिलाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विधागत तर्फ दिव्या भण्डारी ‘मिस पर्सनालिटी’, सरोन गामी ‘मिस कल्चर एण्ड टुरिजम’, स्मृति गिरी ‘मिस पपुलर’ र सुनिता पुन ‘मिस डिसिप्लिन’ घोषित भए । गत वैशाख १२ मा नेपालमा विनाशकारी भूकम्प गएपछि यसपटक आयोजकले ‘रिबिल्डिङ नेपाल’को नारालाई प्राथमिकता दिएर कार्यक्रम गरेका थिए ।

नेपाली मूलकी चर्चित अमेरिकी पत्रकार किरण क्षेत्रीले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा नेपाली मूलकी बलिउड अभिनेत्री तथा प्रधानमन्त्री राहत कोषका लागि सद्भावना दुत मनिषा कोइराला, बलिउड अभिनेता गुल्सन ग्रोबर, नेपाली अभिनेता सुनिल थापा, सिताष्मा चन्द(मिस नेपाल २००७), एमा वारियस(मिस वल्र्ड २०१० फस्र्ट रनरअप) र अनिल वंशल(सिईओ, इन्डस अमेरिकन बैंक) थिए ।

प्रतियोगितामा शंकर बिसी, गायिका नलिना चित्रकार, अभिनेत्रीद्वय नन्दिता केसी र केकी अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए । यसपटकको प्रतियोगितामा एमाले प्रतियोगीलाई ग्रुमिङ गरेकी थिईन् । प्रतियोगिताको अघिल्ला संस्करणमा सुजिता बस्नेत, आस्था श्रेष्ठ, बर्तिका राई र खुश्बु मिश्रले उपाधि चुमिसकेका छन् ।

SUBSCRIBE 👉