एकसाथ चार तीज गीतसंग्रह सार्वजनिक


काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर निर्माण गरिएका चारवटा गीतिसंग्रहको राजधानीमा आयोजित कार्यक्रममा सामुहिक विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा लोक गायिका उमा श्रेष्ठको ‘सितारा टलल’, मञ्जु गौतमको ‘कस्लाई थाहा छ अर्को साल मरिन्छ बाचिन्छ’, अमृता लुङ्गेली मगरको ‘तीज आयो’ र सुनिता गुरुङको ‘नाच्छु मत छमछम’ सार्वजनिक गरिएको हो ।
Teej Albumएल्बमको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री कृपाशुर शेर्पाले सार्वजनिक गर्दै पछिल्लो समय बजारमा आएका केही गीत संगीतले सामाजिक सद्भाव तथा मौलिक इतिहास समेत ख्याल नगरेको गुनासो गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव प्राध्यापक डा. जिवेन्द्र देव गिरीले नेपालका विभिन्न कला, संस्कृति र लोक साहित्य नेपाली समाजका गहना भएको बताउदै नेपाली समाजको एकतामा लोक साहित्य र संस्कृतीको महत्वपुर्ण स्थान रहेको बताए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले नेपाली पहिचान नै मेटिने खालका लोक संगीतलाई निरुत्साहीत गर्न सम्पुर्ण पत्रकार, कला साहित्य अनुरागी स्रोता तथा दर्शकका साथै , सरकारका सम्बन्धित निकायले ध्यान दिने बेला आएको बताए ।

SUBSCRIBE 👉